दफा ३६
प्रदेश तथा स्थानीय तहले अनुगमन तथा निरीक्षण गर्न सक्ने
(१) कसैले यस ऐन बमोजिम तोकिएको गुणस्तरभन्दा न्यून गुणस्तरको खाद्य पदार्थ वा दूषित खाद्य पदार्थ वा कुनै खाद्य पदार्थ ढाँटी झुक्याई बिक्री वितरण गरे वा गराएको वा खाघ प्रयोगशालाले यस ऐन बमोजिमको मापदण्ड पूरा गरे वा नगरेको विषयमा अनुगमन तथा निरीक्षण गर्न प्रदेश तथा स्थानीय तहले दफा २८ बमोजिम खाद्य निरीक्षण अधिकारी हुन योग्यता पुगेको कर्मचारीलाई सम्बन्धित प्रदेश वा स्थानीय तहको कानून बमोजिम आफ्नो क्षेत्रमा खाध निरीक्षक तोक्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम अनुगमन तथा निरीक्षण गर्न जाने कर्मचारीले विभाग वा नजिकको कार्यालयसँग समन्वय गर्नु पर्नछ।
(३) उपदफा (१) बमोजिम अनुगमन तथा निरीक्षण गर्दा कसैउपर यस ऐन बमोजिम मुद्दा चलाउनु पर्ने भएमा खाद्य निरीक्षकले आवश्यक कारबाहीका लागि खाद्य निरीक्षण अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम प्रदेश वा स्थानीय तहबाट खाद्य निरीक्षकले कारबाहीका लागि पठाएमा खाद्य निरीक्षण अधिकारीले तत्काल आवश्यक छानबिन गरी यस ऐन बमोजिम आवश्यक कारबाही गर्नु पर्नेछ।
(५) यस दफा बमोजिम अनुगमन तथा निरीक्षण गर्दा सम्बन्धित प्रदेश वा स्थानीय तहको कानून बमोजिम कारबाही गर्नु पर्ने कुनै विषय देखिएमा त्यस्तो कानून बमोजिम समेत प्रदेश वा स्थानीय तहले कारबाही गर्न सक्नेछ।